Shikhar Insurance
National Life

एनएमबी बैंकको ३ लाख बढी संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३, बिहीबार १०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २८ हजार ९ सय ८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र के-कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ बैंकको सेयर शाखा, काठमाडौं लाजिम्पाटमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो म्याद भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका कुनै पनि निवेदन प्राप्त हुन नआएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई सेयर खरिद बिक्री प्रकृया अगाडि बढाउने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्