Shikhar Insurance
National Life

एसबिआई बैंकको नयाँ एक्सटेन्सन काउन्टर कञ्चनपुरमा उद्घाटन

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३, बिहीबार ०९:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंकले कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । बैंकले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पं८ा, प्रमूख संचालन अधिकृत श्री यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय÷भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।

हाल यस बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखा रहीत बैड्ढीङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटीएम आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्