Shikhar Insurance
National Life

 ओलीका कुकर्मको साक्षी नबस्न कर्मचारीलाई चेतावनी

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १६, आईतवार १२:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । विपक्षी गठबन्धनले ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटले पुनः संबिधानको उल्लंघन गरेको बताएको छ । बजेटबारे संयुक्त धारणा राख्दै विपक्षी गठबन्धनले ओली सरकारका कुकर्महरुको साक्षी नबस्न कर्मचारी प्रशासनलाई चेतावनी पनि दिएको छ । ओली सरकारले संबैधाकि हैसियत गुमाईसकेकाले उसले भ्रष्टाचारजन्य अनियमितताहरु झनै बढाईरहेको बताउँदै विपक्षी गठबन्धनले त्यस्ता कामहरुमा सहयोग नगर्न राज्यका अंगह्ररुलाई चेतावनी दिएको हो ।

विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले बरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्