Shikhar Insurance
National Life

राष्ट्र बैंकले गर्‍याे ५ बैंक र ३ फाइनान्सलाई कारवाही, कुन-कुन परे ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १८:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ बैंक र ३ फाइनान्सलाई कारवाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले साउन २ गते ५ बैंक र ३ फाइनान्सलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार कारवाहीमा पर्ने बैंकहरुमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स कम्पनी रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्णाली विकास बैंकले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेको पाइएको छ । सो बमोजिम नेपाल राष्ट्र बैंकले ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इप्रा निर्देशनमा भएको व्यवस्था बमोजिम कारवाही गरेको छ । राष्ट्र बैंकले विकास बैंकलाई २ हजार ५ सय ४६ रुपैयाँ ७२ जरिबाना लगाएको छ । कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले पहिलो पटक कारवाही गरेको हो ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क) बमोजिम नारायणी डेभलपमेन्ट बैंकलाई मिति २०८० माघ २१ गते गरिएको शीघ्र सुधारात्मक कारवाहीलाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेश गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको पाइएकाले बैंकले राष्ट्र बैंकले कारवाही गरेको छ ।

त्यस्तै, बैंकले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको पाइएको छ । र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

सिन्धु विकास बैंकले मिति २०८१ असार ११ मा पठाएको वित्तीय विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको पुँजीकोष अनुपात ६.७१ भई यस बैंकद्धारा इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी एकीकृत निर्देशनमा उल्लिखित कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुग भएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख) बमोजिम शीघ्र सुधारात्मक कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकलाई राष्ट्र बैंकले पहिलो पटक कारवाही तोकेको हो ।

त्यस्तै, सिन्धु विकास बैंकका अध्यक्ष र सञ्चालक समितिलाई पनि राष्ट्र बैंकले कारवाही तोकेको छ । बैंकले राष्ट्र बैकबाट जारी एकीकृत निर्देशनको व्यवस्था विपरित चेक खरिद गरको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख बराबरको सेयर धितो फुकवा गर्ने निर्णय सञ्चालक समितिबाट गरे गराएकाले कारवाही गरेको राष्ट्र बैकले एक तथ्यांक मार्फत जानकारी दिएको छ ।

व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण व्याज समेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानी पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्यहरु भएको राष्ट्र बैंकले दाबी गरेको छ ।

बैंकको अध्यक्षको हैसियतले त्यस्तो कार्यहरु हुन नदिन प्रयास गरेको नदेखिएको, राष्ट्र बैंकको निर्देशन विपरित त्यस संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरिएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैह–जिम्मेवारीपूर्ण तर्क पेश गरेको तथा संस्था सुधारका लागि यस बैंकबाट पटक पटक दिइएका निर्देशनहरू पालना नगरेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष, राजेन्द्र कुमार श्रेष्ठलाई नेपाल राष्ट्र बैकले ५ लाख नगद जरिबाना गरिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक समितिलाई तेस्रो पटक कारवाही गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा-नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरी त्यस्तो विवरण सर्वसाधारणका जानकारीको लागि राष्ट्र बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको पाइएको छ ।

यस बैंकबाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई प्रचलित कानुन बमोजिम राष्ट्र बैंकले सचेत गराएको छ ।

त्यसैगरी बेष्ट फाइनान्स कम्पनीको सञ्चालक समितिलाई पनि राष्ट्र बैंकले कारवाही गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्था विपरित कम्पनीले आफ्नो वासलात तथा नाफा-नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र ९म्याद थप सहित० लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले कम्पनीको सञ्चालक समितिलाई नेपाल राष्ट बैंकले सचेत गराएको छ ।

त्यस्तै, रिलायन्स फाइनान्स कम्पनी पनि राष्ट्र बैंकको कारवाहीको सिकार बनेको छ । कम्पनी पहिलो पटक राष्ट्र बैंकको कारवाहीमा परेको हो । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि राष्ट्र बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको पाइएको छ ।

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र (म्याद थप सहितं) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेतढलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले कम्पनीको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको हो ।

त्यस्तै, राष्ट्र बैंकको कारवाही पर्ने कम्पनी हो, प्रोग्रेसिभ फाइनान्स कम्पनी । राष्ट्र बैंकले फाइनान्स कम्पनीको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत(सीईओ) लाई पहिलो पटक सचेत सहित कारवाही गरेको छ । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार तोकिएको समयावधिभित्र वाह्य लेखापरीक्षण सम्पन्न गरी निश्चित समयावधिभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्नेमा आव २०७८/७९ को वार्षिक साधारण सभा आव २०८०/८१ मा सम्पन्न गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कम्पनीले आव २०७९/८० को वाह्य लेखापरीक्षण प्रतिवेदन प्रकाशन गर्न सहमतिका लागि हालसम्म यस बैंक समक्ष पेश नगरेको हुँदा पटक पटक उपरोक्त व्यवस्थाहरुको पालना नभएको देखिएकोले कम्पनीको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्