Shikhar Insurance
National Life

जीवन बिमा कम्पनीहरुले वर्षभरीमा उठाए १ खर्ब ५६ अर्ब ३१ करोड बिमा शुल्क, निर्जिवन बिमा कम्पनीहरुको ४१ अर्ब १६ करोड

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । १४ जिवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/०८१ मा १ खर्ब ५६ अर्ब ३१ करोड बिमा शुल्क संकलन गरेको छ । निर्जिवन बिमा कम्पनीहरुले गत आर्थिक वर्ष ४१ अर्ब १६ करोड कुल बिमा शुल्क संकलन गरेका हुन् । प्रथम बीमा शुल्कतर्फ कम्पनीहरुले २७ अर्ब १९ करोड शुल्क संकलन गरेका छन् । एकल बिमाशुल्कतर्फ ६ अर्ब ६ करोड संकलन गर्दा नविकरण बीमा शुल्कतर्फ १ खर्ब २२ अर्ब ४ करोड शुल्क संकलन गरेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड बिमा शुल्क संकलन गरेको छ । नेशनल लाईफले १९ अर्ब २० करोड संकलन गर्दा नेपाल लाइफ इन्सुरेन्सले ४० अर्ब ८५ करोड बिमाशुल्क संकलन गरेको छ । यस्तै,  लाइफ इ. कर्पोरेशन (नेपाल) लिमिटेडले १८ अर्ब ९ करोड,मेट लाइफले ५ अर्ब ६७ करोड, र एशियन लाइफ इस्योरेन्सले ८ अर्ब ५ करोड बिमा शुल्क संकलन गरेको छ । यसैगरी, आइएमई लाइफ इस्योरेन्सले ४ अर्ब ७४ करोड,  सन नेपाल लाइफले ३ अर्ब ८८ करोड, रिलायबल नेपालले ४ अर्ब २० करोड र सिटिजन लाइफले ६ अर्ब २१ करोड बिमा शुल्क संकलन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुर्यज्योति लाइफले ९ अर्ब ४९ करोड, सानीमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड, हिमालयन लाइफले १६ अर्ब ६० करोड र प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड बिमाशुल्क संकलन गरेको हो ।

निर्जिवन बीमातर्फ कुन कम्पनीले कति उठायो बीमाशुल्क

निर्जिवन बीमातर्फ सबैभन्दा धेरै शिखर इस्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क उठाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ४७ करोड शुल्क संकलन गरेर पहिलो नम्बरमा आएको हो । दोस्रो नम्बरमा सगरमाथा लुम्विनी इस्योरेन्स परेको छ । यो कम्पनीले गतवर्ष ४ अर्ब ७८ करोड बिमाशुल्क संकलन गरेको छ ।

नेपाल इस्योरेन्सले १ अर्ब ५९  करोड, ओरिएन्टल इस्योरेन्सले २ अर्ब १६ करोड, २ अर्ब १६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड, नेशनल इन्योरेन्स कम्पनीले १ अर्ब १९ करोड शुल्क उठाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्