Shikhar Insurance
National Life

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक श्री रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यज्यूले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटांैडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम संचालनमा रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्