Shikhar Insurance
National Life

डिजिटल भुक्तानी प्रणाली सम्बन्धी प्रभु बैंक र एवन ग्रेटरबीच सहकार्य

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १७:१३
Hyundai
NCELL
NIMB

पोखरा । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबिच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायात प्रालिको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् ।

विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन बैंक र एवन ग्रेटरबीच सम्झौता भएको हो । ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाईल एप्लिकेशनबाटै प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकद्घारा उपलब्ध गराईएको क्यु आर मार्फत विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । व्यवसायमा आबद्घ २०० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामाग्रीहरु उपलब्ध गराईने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकको नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्