Shikhar Insurance
National Life

देशभर व्यवसायमा गिरावट आउँदा पनि भद्रपुरले सङ्कलन गर्यो ३ अर्ब २१ करोड राजस्व

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १०:३०
Hyundai
NCELL
NIMB

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले आव २०७९/८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको हो । गत आवमा ३ अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए । गत आवमा कार्यालयको ३ अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो । तर ८४.५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘देशभर व्यापार–व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हो ।’ आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट ३ करोड ६४ लाख, ब्याजबापत ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत १ अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताए ।

जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ । गत आवमा मूल्य अभिवृद्धिकरबापत १ अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व सङ्कलन भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्