Shikhar Insurance
National Life

निजी क्षेत्र फकाउँदै सरकार, प्रधानमन्त्री र अर्थमन्त्रीले थाले गहन संवाद

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार ०९:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले निजी क्षेत्र रिझाउने अभियानलाई तिब्रता दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु प्रसाद पौडेल दुबैले निजी क्षेत्र फकाउने अभियान थालेका हुन् । अर्थतन्त्रको बाह्य क्षेत्रमा निकै सुधार भएको तर आन्तरिक क्षेत्र निरासाजनक रहेको अवस्थामा नयाँ सरकार बने लगत्तै निजी क्षेत्र रिझाउने क्रमले तिब्रता पाएको हो ।

प्रधानमन्त्री केपी ओलीले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष नेतृत्वको टोलीसँग भेट गर्दै निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उता, अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले नेपाल बैंकर्स संघका अध्यक्ष नेतृत्वको बैंकर टिमसँग भेट गर्दै बैंकिङ क्षेत्रको सुरक्षा र आन्तरिक अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निजी क्षेत्र मैत्री मानिने अर्थमन्त्रीले पौडेलले कार्यभार सम्हालेको भोलिपल्ट अर्थात मंगलबार सेयर बजारमा ७० अंकको वृद्धि भैसकेको छ । अर्थमन्त्री पौडेलले सेयर बजार जुवाघर नभएर अर्थतन्त्रको ऐना भएको सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उता, महासंघ अध्यक्ष ढकाल चन्द्र ढकाल नेतृत्वको टिमसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले लगानीको सुरक्षा र उचित प्रतिफलको सुनिश्चितताका लागि आवश्यक पर्ने कानुनहरु संसोधन गर्ने वाचा पनि गरेका थिए ।

बैंकरसँगको भेटमा अर्थमन्त्री पौडेलले बैंकका कर्मचारी माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको बताए । जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गईरहेको ऋण लिएर तिर्दिन भन्ने प्रबृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको पनि उनले बताए । वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने भएकोले अर्थतन्त्रमा देखिएको राजनैतिक अस्थिरताको समस्या अन्त्य हुन गई अर्थतन्त्र चलायमान हुने विषयमा सबैलाई आशावादी हुन आग्रह गरे ।

ढकालले यसो भने
भेटमा महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताएका थिए । उनले मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसंगको भेटमा बताए ।

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो । निजी क्षेत्रलाई मर्यादाक्रमा समावेश गर्ने लगायतका गैर मौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकालको भनाइ थियो । उद्यम व्यवसाय सम्वद्ध नियामकीय निकायहरुले एक आपसमा समन्वय बढाइ लगानी प्रोत्साहन गर्ने गरि कार्य सम्पादन गर्नु आवश्यक रहेको अध्यक्ष ढकाललको भनाइ थियो ।

अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले वाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको पनि बताए ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पुर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिए । साथै आर्थिक बर्षको शुरुमा नै नयाँ सरकार बनेको हुँदा पूँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको बताए

यसैगरि अध्यक्ष ढकालले अहिले अर्थतन्त्र सम्वद्ध निकायहरुबीचमा समन्वयको अभाव रहेको वताउनुहुँदै अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताए ।

निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रक लाइन सम्बन्धि विवाद तत्काल समाधान गरि उद्यमी व्यवसायीलाई निर्वाध र सहज रुपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालले बताएका थिए ।

यसैगरि अध्यक्ष ढकालले सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तिय पहुँचका लागि विशेष पहल आवश्यक रहने बताए ।

उक्त भेटमा सहभागि महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले बजारमा माग बढाउन सरकारको खर्च बढाउनुपर्ने र निजी क्षेत्रको लगानी प्रोत्साहित गराउनुपर्ने बताएका थिए ।

सुनिल केसीले के भने ?
अर्थमन्त्रीसँगको भेटमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको बताए ।

अध्यक्ष केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पु¥याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ्ग क्षेत्रका चुनौतीहरुका विषयमा जानकारी गराए ।

साथै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा बिस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार अग्रसर हुनुपर्ने धारणा राखे । भेटका क्रममा संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्