काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च शतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्षा हुने समय अझै बाँकी रहेकाले त्यसलाई मध्यनजर गरी शतर्कता अपनाउन आग्रह गरे । उनले यस वर्ष भारी वर्षा हुने आँकलन विज्ञहरुले गरेको भन्दै सुरक्षा निकाय, प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार सजग रहनुपर्ने बताए । उनले पूर्वसूचना प्रणालीका कारण विगतको तुलनामा कम क्षति भएपनि अझै क्षति न्युनिकरण गर्न शतर्क रहन आग्रह गरे । उनले कुनैपनि बेला वर्षा हुने र त्यसले ठूलो क्षति निम्त्याउनसक्ने भन्दै कुनैपनि समयका लागि शतर्क भएर रहन आग्रह गरे । उनले मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढीकरण गर्दै अन्तर मन्त्रालयसँगको समन्वयलाई प्राथमिकता दिन पनि आग्रह गरे ।
गृहमन्त्री लेखकले स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, प्रदेश र स्थानीय सरकारसँगको समन्वय बढाउन र प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए । उनले विपद् सुरक्षा सम्बन्धी आवश्यक जनशक्ति र श्रोत साधनका लागि चाहिने रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग कुरा गर्ने पनि बताए । उनले न्युनतम कर्मचारी बढाउने गरी प्रक्रिया अघि बढाउन आग्रह गरे । आर्थिक कारणले कुनैपनि काम नरोकिने प्रतिवद्धता जनाए । उनले अरु खर्च कटौति गरेर भएपनि नागरिकको ज्यान बचाउने कुरामा सरकार लाग्ने बताए । उनले विपद् सुरक्षा सम्बन्धी आवश्यक जनशक्ति र श्रोत साधनका लागि चाहिने रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग कुरा गर्ने पनि बताएका छन् । उनले न्युनतम कर्मचारी बढाउने गरी प्रक्रिया अघि बढाउन आग्रह गरका हुने । आर्थिक कारणले कुनैपनि काम नरोकिने प्रतिवद्धता जनाए । उनले अरु खर्च कटौति गरेर भएपनि नागरिकको ज्यान बचाउने कुरामा सरकार लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्