काठमाडौं । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको तर्फबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा एशोसिएसनका पदाधिकारीहरुबाट नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई भेटी बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
सिंहदरबार स्थित मन्त्रीको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष ढकालले नवनियुक्त अर्थमन्त्रीलाई शुभकामना प्रदान गरेका हुन् । अध्यक्ष ढकालले अर्थमन्त्रीबाट पूँजी बजारले यसको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै मन्त्रीको सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरे ।
यसैगरी, मन्त्रीले पूँजी बजारको प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्