Shikhar Insurance
National Life

सानिमा बैंकले विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८१ श्रावण १, मंगलवार १६:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक लि र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।

बैंक र अस्पतालबिच आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ कार्यालय र १२४ वटा एटिएम संचालनमा रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्