Shikhar Insurance
National Life

७ वर्षसम्म स्थिर ब्याजदरमा सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

सिंहदरबार संवाददाता
२०८१ श्रावण १, मंगलवार १६:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रति वर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको छ ।

बैंकले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवात संगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ यो योजना आज सार्वजनिक गरेको हो । बैंकका अनुसार यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ बर्ष सम्म स्थिर रहने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए । यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जनाएको छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिदै आएको छ बैंकले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ्ग सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्