काठमाडौं । नेपाल आयाल निगमले डिजेल र पेट्रोल र मटितेलको मूल्य बढाएको छ । आयाल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
नयाँ मूल्य सूचिअनुसार पहिलो वर्गमा पेट्रोल १६८.५० रुपैयाँ तोकिएको छ । दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १ सय ७१ रुपैयाँमा कारोबार हुने जनाएको छ ।
डिजेलको मूल्य पहिलो वर्गमा १ सय ५७ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ र यस्तै, दोस्रोमा १५९ र तेस्रो वर्गमा १ सय ६० रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्