काठमाडौं । साउनको पहिलो कारोबार दिन नै सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर रेकर्ड कायम राखेको हो ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँ रहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज चाँदी १० रुपैयाँले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्