Shikhar Insurance
National Life

असार अन्तिममा सरकार ढल्दा पोहोर जति हुन सकेन खर्च, १० खर्ब ३० अर्ब राजस्व संकलन हुदाँ १४ खर्ब ८ अर्ब खर्च

सिंहदरबार संवाददाता
२०८१ श्रावण १, मंगलवार ०९:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा सरकारले १० खर्ब ३० अर्ब राजस्व संकलन गरेको छ । कर राजस्व र गैरकर राजस्वमा सरकारले सो बराबर संकलन गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले कर राजस्वमा ९ खर्ब २७ अर्ब राजस्व संकलन गरेको छ । गैरकर शिर्षकमा १ खर्ब ३ अर्ब राजस्व संकलन भएको तथ्यांक छ । सरकारले अनुदान शिर्षकमा २ अर्ब ७५ करोड मात्रै प्राप्ती गरेको छ । यस्तै, अन्य शिर्षकमा २३ अर्ब ५६ करोड रुपैयाँ प्राप्ति भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक वर्ष २०७९/०८० को तुलनामा राजस्व संकलन ७३ अर्ब ७२ करोड बढि राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा  ९ अर्ब ५६ करोड राजस्व संकलन भएको थियो ।

खर्चतर्फ सरकारले वर्षदिनभरीमा १४ खर्ब ८ अर्ब ७६ करोड भुक्तानी दिएको छ । भुक्तानी मध्ये सबैभन्दा धेरै खर्च चालु शिर्षकमा भएको छ । यो शिर्षकमा ९ खर्ब ५२ अर्ब ४१ करोड भुक्तानी भएको छ । यस्तैं, विकास खर्चतर्फ १ खर्ब ९१ करोड खर्च हुदाँ वित्तिय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब ६३ करोड खर्च भएको छ ।

धेरै भुक्तानी हुने अन्तिम महिना असारमै सरकार ढलेपछि अर्थ मन्त्रालयले धेरै भुक्तानी गर्न नसकेको हो । पुर्व अर्थमन्त्री वर्षमान पुन र अर्थ सचिव मधुकुमार मरासिनीले अन्तमि १० दिनका लागि रकमान्तर स्रोतान्तर र कार्यक्रम संशोधनको अधिकार लिएका थिए ।

अन्तिम १० दिनका लिएको सो अधिकार केहि दिनमै सरकार ढलेपछि मनपरी खर्च गर्ने सचिव र मन्त्रीकव योजना विफल भएको थियो । सो योजना विफल भएपछि कम भुक्तानी गएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्