Shikhar Insurance
National Life

नेपाल टेलिकमको ‘मनसुन अफर’ भोलिदेखि लागु, के-के छन् सुविधा ?

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १७:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले भोलि (साउन १) देखि लागु हुने गरी ‘मनसुन अफर-२०८१’ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको हो ।

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १ सय ९९ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुने टेलिकमले जनाएको छ । यस अन्तर्गत १ सय ९९ मा २०० मिनेट अल-नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले २ सय ९९ मा ३०० मिने ल-नेट भ्वाइस, ४ जीबी डाटा र २० अन-नेट एसएमएस सहितको कम्बो २९९ प्याक र ४ सय ९९ मा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत ६ सय ९९ मा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २ सय अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६ सय ९९ प्याक सञ्चालन हुनेछ । साथै, सजिलो अनलिमिटेड ७ सय ९९, ९ सय ९९ र १ हजार ४ सय ९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहने टेलिकमले जानकारी दिएको छ ।

डाटा प्याक अन्तर्गत १ दिनदेखि २८ दिनसम्म समयावधि रहेका २९ देखि ९९९ सम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुनेछ ।

कम्पनीले अन–नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै ४९ मा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ मा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा१९९ मा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ ।

यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरु समेत सञ्चालन गरिने टेलिकमले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५#डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्