Shikhar Insurance
National Life

वर्तमान समयानकुलको पर्यटन नीति बनाउछु : पर्यटन मन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् ।

सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताएका हुन् । उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने जानकारी गरे । उनले जनताले भ्रष्टाचारको न्युनिकरण गरीसुशासनको प्रत्याभुति खोजिरहेको बताए । उनले युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दैसबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने जानकारी गरे । उनले ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउने बताए ।

उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको भन्दै आगामी दिनमा सोहीअनुसार काम गर्ने बताए । उनले पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्ने बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्