Shikhar Insurance
National Life

नवनियुक्त श्रममन्त्री भण्डारीद्वारा पदभार ग्रहण

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १६:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गरेका हुन् । उनी यसअघिको सरकारमा पनि वि.सं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३औं पटक मन्त्री बनेका हुन् । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु’ उनले भने ।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे ।

अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन उनले भने ‘हामीले इमान्दारिता र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम ग¥यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।’

मन्त्री भण्डारीको राजनीतिक यात्रा

उनी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । भण्डारीले विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेका हुन् । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गरेका उनी बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक भएका थिए ।

भण्डारी वि.सं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय भए । वि.सं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनको संसदीय यात्रा सुरु भएको थियो । वि.सं २०४४ मा पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बबनेका थिए । मधेस आन्दोलनपछि उहाँ मधेसी जनाधिकार फोरममा आबद्ध भए । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमा समेत् रहेका थिए ।

२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधानसभामा महोत्तरी–४ बाट मधेसी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएका थिए । उनी वि.सं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भए । त्यसयता उनी पटकपटक निर्वाचित हुँदै मन्त्री नियुक्त भए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्