Shikhar Insurance
National Life

सेयर बजार जुवाघर होइन, अर्थतन्त्रको ऐना होः अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नव नियुक्त अर्थमन्त्री बिष्णु पौडेलले सेयर बजार जुवाघर नभएर अर्थतन्त्रको ऐना भएको बताएका छन् ।

उप प्रधान तथा अर्थमन्त्रीको सपथ ग्रहणपछि पदभार सम्हाल्दै मन्त्री पौडेलले सेयर बजारलाई जुवाघर भन्नेहरुका कारण बजारमा केहि समस्या आएको बताउँदै नेपालको सेयर बजार मुलुकको अर्थतन्त्रको ऐना भएको स्पष्ट पारे । ‘सेयर बजारलाई जुवाघर भन्नेहरुका कारण बजारमा केहि समस्या आएको हो, सेयर बजार जुवाघर होइन, यो त मुलुकको अर्थतन्त्रको ऐना हो’, मन्त्री पौडेलले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सेयर बजारको विकास र र विस्तारका लागि सरकार आवश्यक रणनीतिहरु बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । ‘जुवाघर ठान्नेहरुका कारण बजारमा केहि समस्याहरु देखिएका छन्, हामी तिसमस्याहरुको यथोचित समाधान गर्नेछौं’, मन्त्री पौडेलले भने ।

उनले निजी क्षेत्रको मनोबल बढाउने, उत्पादन र रोजगारी सृजना गर्ने जस्ता कामहरुमा आफुले ध्यान दिने पनि बताए । ‘अर्थतन्त्रमा देखिएका तमाम परिस्थितिहरुको गहिरो अध्ययन गर्नेछौं, समस्याको कारण खोज्नेछौं र समाधान पनि गर्नेछौं’, मन्त्री पौडेलले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्