काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१८ अंकले घटेर परिसूचक २२४०.४१ मा पुगेको हो ।
सोमबार ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३८ रुपैयाँ कारोबार भएको छ ।
आज जानकी फाइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइसी एशिया डिभेन्चरको ६.९४ प्रतिशत, साम्लिङ पावरको ५.६८ प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनीको ४.१६ प्रतिशत, आशा लघुवित्तको ४.०२ प्रतिशत सहित २०७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्