काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१८ अंकले घटेर परिसूचक २२४०.४१ मा पुगेको हो ।
सोमबार ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३८ रुपैयाँ कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सिभिल बैंक डिभेन्चर, मान्दु हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको सेयरमा सर्किट लागेको हो ।
त्यसैगरी, आज एनआइबीएल ग्रोथ फण्डको ९.९२ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको ८.४० प्रतिशत, माच्छापुच्छ्रे बैंकको ८.२३ प्रतिशत, सानिमा ग्रोथ फण्डको ७.८७ प्रतिशत ११२ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्