Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्ब ७३ करोड

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१८ अंकले घटेर परिसुचक २२४०.४१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सोमबार ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३८ रुपैयाँ कारोबार भएको छ । सोमबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ र २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार अपर तामाकोशी हाइडोपावर लिमटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ८ लाख ७२ हजार ५ सय ८९ रुपैयाँ ६० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ सय ७६ रुपैयाँ पुगेको छ ।

साथै, आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सोमबार जानकी फाइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्