काठमाडौं । एमाले उपाध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री बनेका छन् । पौडेले राष्ट्रपति भवन शितल निवासमा उप प्रधान तथा अर्थमन्त्रीको सपथ ग्रहण गरेका हुन् । पौडेलले चौथो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् ।
निजी क्षेत्र मैत्री भनेर चिनिएका पौडेलले अर्थमन्त्रालयको नेतृत्व गर्दा यस अघि पुँजी बजारले ३२ सयको आँकडा पार गरेको थियो । सबैका कुरा सुन्ने र कसैलाई नबिझाउने स्वभावका मन्त्री पौडेललाई वितरणकारी अर्थनीतिका प्रवर्तक पनि मानिन्छ ।
उनले कर्मचारीको तलब भत्ता बढाउनेदेखि लिएर सामाजिक सुरक्षाका क्षेत्रमा पनि अधिक ध्यान दिने गरेका छन् । छोटो समय मन्त्रालयको नेतृत्व गर्दै लोकप्रिय कार्यक्रम अघि सारेर बिदा हुने पौडेलको कायैशैलीको अर्थशास्त्रीहरुले भने बिरोध गर्दै आएका छन् । व्यवसायी मैत्री अर्थमन्त्रीको आगमनसँगै निजी क्षेत्र भने उत्साहित नै बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्