काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बजेटलाई नहुने चुनावको एमाले घोषणापत्र भनेका छन्र । उनले बजेटमा केही संरचनात्मक परिवर्तन नभएको बताउँदै सिधासादा मतदातालाई ललीपप बाँडेको बताएका हुन् ।
बजेटमाथि सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले बनेका छन्, “नहुने चुनावको घोषणापत्र पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएन । उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो ।”
उनले व्यंग्य गरेका छन्, “एउटै नयाँ कुरा छ, त्यो हो एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !”
अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बाॅडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!
— Baburam Bhattarai (@brb1954) May 29, 2021
प्रतिक्रिया दिनुहोस्