Shikhar Insurance
National Life

ओली क्याबिनेटमा १० भाई गुट निल

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा एमालेभित्र १० भाई गुटका रुपमा चिनिने नेताहरुको सहभागीता निल भएको छ । ओलीले संसद बिघटन गरेपछि चर्किएको शक्ति संघर्षमा माधव नेपालको कित्तामा रहेका नेताहरु १० बुँदे सहमति गर्दै एमालेमै बसेका थिए । उनीहरुलार्य एमालेभित्र १० भाई गुटका नामले चिनिन्छ ।

१० भाई गुटबाट ओली क्याबिनेटमा कसैको पनि सहभागता नहुने पक्का भैसकेको छ । तत्कालिन एमालेको १० भाई गुटका प्रभावशाली नेताहरु भिम रावल एमालेको गतिबिधीमा संलग्न छैनन् भने घनश्याम भुषालले एमाले छाडेर एकिकृत समाजवादीमा छन् । १० भाई समुहका धेरैले प्रतिनिधी सभामा टिकट नै पाएका थिएनन् भने पाएकाहरुमध्ये पनि केहिले मात्रै चुनाव जितेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चुनाव जितेका सिनियर १० भार्य गुट सदस्यमध्ये योगेश भट्टराईको नाम मन्त्री बन्नेहरुको सूचिमा थियो । गोकर्ण बिष्टले पनि मन्त्री बन्न चाहेका थिए तर उनको नाममाथि ओलीले छलफल नै चलाएनन् । भट्टराईले भने महासचिव शंकर पोखरेलसँग लाइन मिलाएर मन्त्री बन्न खोजेका थिए तर अन्तिम समयमा उनको नाम पनि काटिएको छ ।

१० भाई समुहबाट समानुपातिक सांसद बनेका रघुजी पन्तको नामाथि पनि मन्त्री बनाउने बारे कतै छलफल समेत भएन् ।
१० भाई समुहबाट समानुपातिक सांसद बनेका रघुजी पन्तको नामाथि पनि मन्त्री बनाउने बारे कतै छलफल समेत भएन् ।
अर्थात ओदे गठबन्धनको पहिलो क्याबिनेटमा १० भाई गुट निल हुने पक्का भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्