Shikhar Insurance
National Life

पुरानो लाभांश लिन सेयरधनीलाई रिलायन्स फाइनान्सको आग्रह

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार ११:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आव २०७४/७५ र २०७५/७६ को नगद लाभांश लिन बाँकी रहेको सेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको हो ।

सेयरधनीहरुले सूचना प्रकाशन भएको ३० दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंमा आवश्यक कागजात सहित सम्पर्क गरी लाभांश पुर्जा लिन आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सेयरधनीहरुले तोकिएको समयमा लाभांश लिन नआएमा उक्त लाभांश रकम लगानिकर्ता संरक्षण कोषमा जम्मा गर्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्