Shikhar Insurance
National Life

बैंकहरुले साउनमा पनि घटाए ब्याजदर, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । अधिकांश बैंकहरुले साउनमा पनि ब्याजदर घटाएका छन् । सोमबार सार्वजनिक भएको साउन महिनाको लागि कायम नयाँ ब्याजदर अधिकांश बाणिज्य बैंकहरुले घटाएका हुन् ।

असार महिनामा बैंकहरुको औसत ब्याजदर ६.८६ प्रतिशत कायम रहेको थियो भने साउनमा ०.१३ प्रतिशतले औसत घटेर ६.७३ प्रतिशतमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साउन १ गतेदेखि लागू हुने गरि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १३ बैंकले निक्षेप ब्याजदर घटाएका छन् भने ५ बैंकहरु लक्ष्मी सनराइज बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबिआई बैंकको ब्याजदर असार महिनाकै ब्याजदर कायम गरेका छन् र २ बैंकहरु एनएमबी र एनआईसी एशिया बैंकहरूकाे ब्याजदर  ७.५३ प्रतिशत रहेको छ । यो नै साउन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिने सर्वाधिक ब्याजदर हो ।

बैंकहरुले साउन महिनादेखि नै ब्याजदर सम्बन्धी भद्र सहमति छाडेर आवश्यकता अनुसार ब्याजदर घटाउने वा बढाउन पाउने व्यवस्था गरेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई हरेक महिनाको मसान्त भित्रै आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बैंकहरुले त्यसरी हरेक महिना नयाँ ब्याजदर तोक्दा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसम्म बढाउन वा घटाउन सक्ने सुबिधा पाएका छन् ।

अहिले भने व्यक्तिगत मुद्धतिको भन्दा संस्थागत मुद्धतिमा एक प्रतिशतले मात्रै कम ब्याज दिन पाइने व्यवस्था छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत संस्थागत निक्षेप कर्ताहरुलाई २ प्रतिशत कम ब्याज दिनुपर्ने पुरानो व्यवस्थाको सट्टा १ प्रतिशत मात्रै कम ब्याजदर दिन पाउने सुबिधा दिएको थियो । यसले बीमा कम्पनीहरुलाई फाइदा पुगेको छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै बनाउन नपाउने नियम लगाएको छ । त्यसकारण व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घट्दा बचत र कल निक्षेपको ब्याजदर घट्दै जानेछ । बैंकहरुले स्वीकार गर्ने सबै खाले निक्षेपको ब्याजदर घट्दै गएपछि कर्जाको ब्याजदर पनि घटाउनुपर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्