Shikhar Insurance
National Life

सुनचाँदी खरिदबिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार २ सय रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्