काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलले पनि पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीसँगै पौडेल पनि पद तथा गोपनीयताको शपथ लिन शितल निवास जादै छन् ।
प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । एमालेबाट अन्य मन्त्रीहरुमा पृथ्वी सुब्बा गुरुङ, दामोदर भण्डारी, देवेन्द्र दाहाल, विद्या भट्टराई, मानविर राई राज्न्द्र गुप्ता मन्त्री बन्दैछन् ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम नेपाली कांग्रेस र नेकपा एमाले को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्