Shikhar Insurance
National Life

अफगानिस्तानद्वारा राजधानीमा ९० हजार सिसिटिभी क्यामेरा जडान

सिंहदरबार संवाददाता
२०८१ असार ३०, आईतवार १८:४८
Hyundai
NCELL
NIMB

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलका विभिन्न भागमा सुरक्षा सुनिश्चित गर्न र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न करिब ९० हजार सिसिटिभी क्यामेरा जडान गरिएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताएका छन् ।

स्थानीय टिभी टोलोन्युजले शनिबार राति अधिकारीलाई उद्धृत गर्दै घटना र आपराधिक गतिविधि नियन्त्रण गर्न करिब ६० हजार सिसिटिभी क्यामेरा ६० लाख जनसङ्ख्या भएको सहर काबुलका संवेदनशील क्षेत्र, भीडभाड हुने ठाउँ र चोकमा जडान गरिएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अधिकारीका अनुसार अफगान कार्यवाहक सरकारको योजना आगामी चार वर्षभित्र युद्धग्रस्त देशका सबै प्रान्त र सहरमा भिडियो निगरानी प्रणाली स्थापना गर्ने रहेको छ । काबुल बाहेक, काबुलबाट ५५ किलोमिटर उत्तरमा पर्ने उत्तरी परवान प्रान्तको राजधानी चारिकारको निकास र प्रवेश विन्दुमा पनि क्यामेरा जडान गरिएको छ ।

अधिकारीहरूका अनुसार काबुल र अन्य सहरहरूमा चोरी, डकैती, हत्या र अपहरण जस्ता आपराधिक गतिविधिहरू तीव्ररूपमा कम भएका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्