काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेका हुन् । नेपाली काँग्रेस र नेकपा एमालेले शुक्रबार नै प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए ।
संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति कार्यालयले प्रतिनिधि सभालाई आइतबार नै ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । अब ओलीले संविधान अनुसार ३० दिनभित्र विस्वासको मत लिनु पर्नेछ ।
प्रधानमन्त्री ओलीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्