Shikhar Insurance
National Life

एक पटकको चार्जमा ३५० किलोमिटर दौडिने ग्यारो इभी स्कुटरको स्टक सकियो, थप आयात गर्दै

सिंहदरबार संवाददाता
२०८१ असार ३०, आईतवार १६:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । एक पटकको चार्जमा ३५० किलोमीटर दौडिने इलेक्टिक स्कुटरको बिक्री बढ्दै गएको छ । क्लासिक व्हील्सले बिक्री गर्दै आएको स्कुटरको बजार मागमा वृद्धि भएको हो । कम्पनीले पहिलो पटक ल्याएको स्कुटरको स्टक सकिएको कम्पनीका एक प्रतिनीधिले बताए ।

ती प्रतिनिधिका अनुसार अब कम्पनीले थप स्कुटर आयात गर्न प्रकृया अघि बढाइसकेको छ । ती प्रतिनिधिले भने,  ‘ग्यारो स्कुटरमा ग्राहकको आकर्षण बढ्दै गएको पाएका छन्, एक पटकको चार्जमा धेरै किलोमिटर र ५ वर्षको वारेन्टीले ग्राहकलाई तान्दै लगेको छ ।’ कम्पनीले ठूलो संख्यामा स्कुटर आयात गर्न प्रकृया समेत अघि बढाइसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छाला तथा लेदरको सामाग्रीमा चर्चित दुल्ला ब्रान्डले सनि दुई ग्यारो DT-60 इलेक्ट्रिक स्कुटरहरू खरिद गरेको छ । ग्यारो DT-60 इलेक्ट्रिक स्कुटर उत्कृष्ट प्रदर्शनको लागि डिजाइन गरिएको छ, जसमा एक पटकको चार्जमा ३५० किलोमिटरको दायरा, विश्वसनीय क्रूज कन्ट्रोल, र तीन अनुकूलन सवारी मोडहरू (इको, स्पोर्ट्स, र ड्राइभिङ मोड) छन्।

यसको उच्च-प्रदर्शन मोटरले बलियो तिव्रता र सहज ह्यान्डलिङ सुनिश्चित गर्दछ, जबकि पुनरुत्थान ब्रेकिङ र कम्बी ब्रेकिङ सिस्टम (CBS) जस्ता उन्नत सुरक्षा सुविधाहरूले सवारी सुरक्षा बढाउँछ। प्रयोगकर्ता-मैत्री डिजिटल डिस्प्लेले वास्तविक समय जानकारी प्रदान गर्दछ, जसले प्रत्येक सवारीलाई सजिलो र सूचित बनाउने कम्पनीको दाबी छ ।

ग्यारो डीटी-६० (DT-60) स्कुटरहरू क्लासिक व्हील्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रा.लि. को देशभरका शो रूमहरूमा उपलब्ध छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्