काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।आइतबार मन्त्रालयमा उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए । उनले आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको जानकारी गरे । उनले आफूले नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको जिकिर गरे । उनले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताए ।
गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने जानकारी गरे । सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भएपनि राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताए । उनले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताए । सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी गरे ।
उनले कयौँ विषयहरु भगबण्डामा टुंगिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताए । दुई ठूला राजनीतिक दलहरु एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण कुरा भएको जानकारी गरे ।
प्रतिक्रिया दिनुहोस्