काठमाडौं । विष्णु पौडेल अर्थमन्त्री हुने कुराले सेयर बजारमा उछाल आएको छ । नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै सेयर बजारमा उत्साहजनक वृद्धि भएको हो । नयाँ सरकार गठन प्रक्रियाले गर्दा बजार सकारात्मक देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ मा पुगेको हो । आइतबार ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २० रुपैयाँ ८७ पैसा रुपैयाँ कारोबार भएको छ ।
आइतबार २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ कम्पनीको सेयर मूल्य घटेको छ र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार जानकी फाइनान्स कम्पनी लिमटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५ सय ७२ रुपैयाँ ५० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ३१ रुपैयाँ पुगेको छ ।
साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज रिडी पावर कम्पनी लिमिटेड र मान्दु हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो । भने बलेफी हाइड्रोपावरको सेयर मूल्यमा ५.१२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्