काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा दावी पेश भएको छ । काँग्रेस–एमालेका सांसदहरुको संयुक्त हस्ताक्षरसहित ओलीलाई प्रधानमन्त्री बनाउन दावी पेश भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका शुक्रबार साँझ आह्वान गरेका थिए ।
राष्ट्रपतिको आव्हान लगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका हुन् । ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन रहेको छ ।
संसदका अन्य साना दलहरुले पनि ओलीलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्