Shikhar Insurance
National Life

अबको सरकार धारा ७६ (२) कि ७६ (३) ?, संविधानविद्सँग राय लिदैं राष्ट्रपति पौडेल

सिंहदरबार संवाददाता
२०८१ असार २८, शुक्रबार १७:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभाबाट पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्वासको मत गुमाएसँगै संविधानको धारा ७६ को कुन उपदफा बमोजिम सरकार गठन गर्ने भन्ने विषय अन्योलमा परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कुन उपदफा बमाेजिम सरकार गठन गर्ने भन्दै संविधानविदसँग छलफल सुरु गरेका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले अहिले संविधानविद्सँग राय लिइरहेका छन् ।

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबिच सहमति भएसँगै अध्यक्ष केपी ओलीले प्रचण्डकाे विस्वासकाे मत फेस गरेर संविधानको धारा ७६ (३) अनुसार सरकार गठन हुने आशंका व्यक्त गरेका थिए । सो आशंकाबिच ओलीलाई राष्ट्रपति समक्ष नै राखेर धारा ७६ (२) बमोजिम नै सरकार गठन हुने विस्वास दिलाएको स्रोतहरु बताउँछन् । राष्ट्रपति कार्यालयले धारा ७६ (२) अनुसार सरकार गठन भए नेकपा माओवादीले सर्वोच्च अदालतमा मुद्दा हाल्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्योलका बिच राष्ट्रपति कार्यालयले धारा ७६ (२) बमोजिम नै सरकार गठनको लागि आव्हान गर्ने बुझिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानूनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेका विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यावस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका हुन् ।

सो छलफलमा कानूनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्