Shikhar Insurance
National Life

पाचौं पटक विस्वासको मत लिन असफल प्रचण्ड, पक्षमा मत ६३ खस्दा विपक्षमा १९४

सिंहदरबार संवाददाता
२०८१ असार २८, शुक्रबार १७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाचौं पटक विस्वासको मत लिन असफल भएका छन् । पाँचौ पटक विस्वासको मत लिने क्रममा अधिक बहुमतबाट उनी प्रधानमन्त्री अस्वीकृत भएका हुन् ।

सरकारको विस्वासको मत पक्षमा ६३ मत खस्दा विषक्षमा १९४ मत खसेको छ । प्रधानमन्त्रीको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीले मत राखेका थिए । यस्तै प्रमुख ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसले विपक्षमा मतदान गरेका थिए । विस्वासको मत गुमाएपछि प्रधानमन्त्री दाहाल स्वत पदमुक्त भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिनिधि सभाको अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्नेछ । अब राष्ट्रपति राम चन्द्र पौडेलले संविधानको धारा ७६ (२) वा ३ बमोजिम सरकार गठन गर्न आदेश दिनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्