Shikhar Insurance
National Life

२० वाणिज्य बैंकले ११ महिनामा कमाए ५६ अर्ब ४५ करोड, नबिल, ग्लोबल, एनआईएमबी ‘टप थ्री’ मा

सिंहदरबार संवाददाता
२०८१ असार २८, शुक्रबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ११ महिनामा ५६ अर्ब ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साउनदेखि जेठ मसान्तसम्ममा ५६ अर्ब माथि नाफा आर्जन गरेका हुन् ।

नबिल बैंकले ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएर धेरै कमाउने बैंकको स्थान सुरक्षित गरेको छ । सबैभन्दा कम नाफा कमाउने बैंक भने नेपाल बैंक रहेको छ जसले जम्मा १ अर्ब ७ करोड ६३ लाख नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धेरै नाफा कमाउने बैंकहरुको दोस्रो नम्बरमा भने ग्लोबल आइएमई बैंक रहेको छ, जसले ११ महिनामा ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ नाफा कमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

प्राइम कमर्सियल बैंक ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेर चौथो स्थानमा परेको छ भने एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएर पाँचौ स्थानमा आएको छ ।

माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ भने कृषि विकास बैंकको कूल नाफा ३ अर्ब २ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ भने पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने ११ महिनामा ३ अर्ब ६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रभु बैंकले ११ महिनामा ३ अर्ब ३ करोड ४२ लाख रुपैयाँ नाफा कमाउँदा एनएमबि बैंकले २ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कुमारी बैंकले कुल नाफा १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ कमाएको छ भने एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ ।

सिद्धार्थ बैंकले २ अर्ब २७ करोड १ लाख रुपैयाँ नाफा कमाउदा लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको हो । सानिमा बैंकले १ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ भने सिटिजन्स बैंकले ११ महिनामा १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको हो ।

हिमालयन बैंकले ११ महिनामा २ अर्ब ७६ करोड ६० लाख रुपैयाँ कमाउँदा नेपाल एसबिआई बैंकले १ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्