Shikhar Insurance
National Life

‘देश र जनताको समस्या समाधान हुनुपर्छ’

सिंहदरबार संवाददाता
२०८१ असार २८, शुक्रबार १६:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने राजनीतिक दलले देश र जनताको समस्या समाधान नभई सत्ताका लागि मात्र समीकरण हुन उचित नरहेको बताएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले जनता र देशको हितविपरीत संसद्मा बहुमत पुगे पनि जनताले स्वीकार नगर्नेसमेत बताएका हुन् ।

सांसद सुवालले संसद् हाजिर गर्ने र बोल्ने थलो मात्रै बनेको तर सर्वसाधारणको समस्या सम्बोधन गर्न ध्यान नदिइएको जिकिर गरे । “सरकार अस्थिर हुनुका कारण देश र जनताको समस्या समाधान हुनसक्दैन । अनियमितताका घटना र प्रतिवेदन आए पनि दोषीलाई कारबाही हुन सकेको छैन, भ्रष्टाचार बढ्नु चिन्ताको विषय हो”, उनले भने,“नेपालसँगको सिमानामा भारतीय अतिक्रमणको समस्या समाधान हुन नसक्नु अर्को चिन्ताको विषय हो । शिक्षालाई उत्पादनशील बनाउन सकिएको छैन । हाम्रो ध्यान सरकार बनाउने र विघटनमा मात्र गइरहेको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

भ्रष्टाचार नरोकिनु, सहकारी ठगी तथा सुन तस्करलाई कारबाही नगर्नु र आयात प्रतिस्थापन नगर्नु दुःखद् भएको भन्दै सुवालले आगामी सरकारले यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्