Shikhar Insurance
National Life

सरकार बदलिने कुरा संसदीय अभ्यास हो, यसबाट कोही विचलित हुनुपर्दैन : सदस्य राई

सिंहदरबार संवाददाता
२०८१ असार २८, शुक्रबार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोककुमार राईले सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले विश्वास र अविश्वासको मत सामान्य र संसदीय अभ्यास रहेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आफ्नो पार्टीले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्ने जानकारी गराए । “जसपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अहिले विश्वास अविश्वासमा र अविश्वास विश्वासमा छिटोछिटो परिणत हुने गरेको छ”, उनले भने,“विश्वास र अविश्वासबाट मुलुकको राजनीति गुज्रिरहेका बेला सरकार बदलिने कुरा संसदीय अभ्यास हो, यसबाट कोही विचलित हुनुपर्दैन ।”

सांसद राईले नेपाली कांग्रेस र नेकपा (एमाले)ले मुलुकको हितका लागि सहमति गरेको विश्वासका आधारमा समीकरणलाई समर्थन गरेको बताए । “संविधान संशोधन गर्नुपर्छ, अझै अग्रगामी किसिमले अगाडि लानुपर्छ, दुई ठूला दलसँग संविधान संशोधनका सवालमा छलफल गर्न तयार छौँ”, उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्