Shikhar Insurance
National Life

पाचाैँ पटक विश्वासको मत लिँदै प्रधानमन्त्री, प्रचण्ड बहुमतको अविश्वास

सिंहदरबार संवाददाता
२०८१ असार २८, शुक्रबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाचाैँ पटक संसदबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको संसद बैठक आरम्भ भैसकेको छ । २०७९ पुस ११ गते प्रधानमन्त्री भएका प्रचण्डले यति छोटो अवधीमै पाचाैँ पटक विश्वासको मत लिन लागेका हुन् । पहिलो पटक विश्वासको मत लिँदै प्रचण्ड बहुमत प्राप्त गरेका उनले यसपाली भने प्रचण्ड मतकै अविश्वास पाउँदैछन् ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच असार १७ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्रका ३२, रास्वपाका २१ र एकीकृत साजवादीका १० गरी जम्मा ६३ जना सांसद मात्रै छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत पाउन कम्तिमा १३८ सांसदको मत आवश्यक पर्छ । प्रचण्डको विपक्षमा कांग्रेस ८८ र एमाले ७९, जसपा ७, जनमत ६, जसपा नेपाल ५, लोसपा ४, नाउपा ४ सहित १९३ जना सांसदको मत देखिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्