काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम राखेको छ । आज सुनको मूल्य १८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४४ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ४६ हजार रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४४ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्