Shikhar Insurance
National Life

देशभर बाढीपहिराेकाे ताण्डव, त्रिशुली नदिमा दुई बस खसे, पोखरामा ११ जनाको ज्यान गयो

सिंहदरबार संवाददाता
२०८१ असार २८, शुक्रबार ०७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । मनसुनी बर्षासंगै आएको बाढीपहिरोले देशभर ताण्डब मच्चाएको छ । बिहिवार साझबाट परेको अबिरल बर्षासंगै आएको पहिरोमा परि नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई वटा यात्रु बस त्रिशूली नदीमा खसेको छ । लेदोसहित आएको पहिरोले दुबै बससहित त्यसमा सवार यात्रुलाई त्रीशुली नदिमा खसालेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ ।

आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुबै बस र त्यसमा सवार यात्रुहरु बेपत्ता छन् । उनीहरुको खोजिका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, गोताखोर र स्थानीय बासिन्दाहरु परिचालन भएका छन् ।

उता, कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो । मृतकमध्ये केहिको पहिचान खुलेको छ भने केहिको खुलेको छैन । कास्की पहिरोमा अझै केही बेपत्ता रहेको र उनीहरुको खोजिकार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्