Shikhar Insurance
National Life

बीवाईडी गाडी बिक्री गर्ने साइमेक्स इंकको व्यापार ११ महिनामै १० अर्ब, विद्युतिय गाडी बिक्रीमा थप आक्रामक बन्दै

सिंहदरबार संवाददाता
२०८१ असार २७, बिहीबार १९:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । चिनियाँ गाडी बिवाईडी बिक्री गर्ने साइमेक्स इंकको व्यापार एकै वर्ष ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ भएको छ । कम्पनीले एकै वर्ष विद्युतिय सवारीमा ठूलो व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाखको व्यापार गरेको थियो । यस्तै, सन् २०२२ मा ४४ करोड र सन् २०२१ मा ६९ लाख मात्रै व्यापार गरेको थियो । कम्पनीले ३ अर्ब ऋण लिएको छ । कम्पनीमा यमुना श्रेष्ठको ५०. ५ प्रतिशत शेयर स्वामित्व छ । यस्तै, अनिल श्रेष्ठको ४९.५ प्रतिशत शेयर स्वामित्व छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले चालु वर्षमा मात्रै ३ हजार भन्दा बढी गाडी बिक्री गरिसकेको तथ्यांक छ । कम्पनीले चिनियाँ विद्युतिय गाडी बिवाईडीको आधिकारिक बिक्रेता हो । कम्पनीले बिवाईडी अटो-३ डल्फिन, सिल गाडी बिक्रीबाट सो बराबरको कारोबार गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्