Shikhar Insurance
National Life

नेप्से परिसूचक २२ सयकाे बिन्दुमा, कारोबार रकम ७ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ असार २७, बिहीबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.२१ अंकले बढेर परिसूचक २२०४.६१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बिहीबार ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ र १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड २५ लाख ८१ हजार ५ रुपैयाँ ६० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार १ सय ४२ रुपैयाँ पुगेको छ ।

साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ४.५९ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्