काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको हितग्राही खातामा १३ प्रतिशत बोनस सेयर जम्मा गरेको छ । कम्पनीको गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो ।
धितोपत्र दोस्रो बजारमा असार १७ गते बोनस सेयर बापतको सेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् ।
पुस १५ गतेसम्म शेयर धितो बन्धक राखि कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बोनस सेयर हितग्राही खातामानै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खोलि आफ्नो बोनस सेयर प्राप्त गर्न समेत कम्पनीले एक सूचनामार्फत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्