काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन ( एफपीओ) जारी गर्ने भएको छ ।
लघुवित्तले साउन ४ गतेदेखि ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गर्न लागेको छ । यसमा खरीदकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता शेयरको माग सहित आवेदन दिन पाउनेछन् । एफपीओमा पूर्ण आवेदन परेको खण्डमा साउन ८ गते नै निष्कासन बन्द गरिनेछ भने ८ गतेसम्म पनि पूर्ण आवेदन नपरेको खण्डमा साउन १८ गते निष्काशन बन्द गर्ने कम्पनीले जानकारी गरेको छ ।
कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।
कम्पनीले एफपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आईएस) डबल बी इस्योर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया दिनुहोस्