Shikhar Insurance
National Life

कालोबजार ऐन २०३२ आकर्षित हुनेगरी स्टक गाडीमै बीवाईडीले बढायो मूल्य

सिंहदरबार संवाददाता
२०८१ असार २७, बिहीबार ०९:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । चिनियाँ गाडी बिवाईडी बिक्री गर्ने साइमेक्स इंकले उपभोक्ता हित विपरित गाडीको मूल्य वृद्धि गरेको छ । कम्पनीले मौज्दात (स्टक) गाडीमै मूल्य वृद्धि गरेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार कम्पनीले जेठ १४ गतेपछि एउटा गाडी पनि भित्र्याएको छैन । तर कम्पनी ठूलो कर विवादमा फसेसँगै धमाधम गाडीको मूल्य वृद्धि गरेको हो । कम्पनीले सबै स्टक गाडीमा चर्को मूल्य वृद्धि गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिवाईडी पछिल्लो समय नेपालमा धेरै बिक्री हुने गाडीमा पर्दै आएको छ । कम्पनीले अर्थ मन्त्रालयबाट कर बढ्दैछ भन्ने सूचना प्राप्त गरेपछि जेठ महिनाको १४ दिनमै १२ सय वटा भन्दा बढि गाडी भित्र्याएको थियो ।

उपभोक्ताको आकर्षणलाई मध्यनजर गर्दै काठमाडौंको गोदाममा रहेको गाडीकै मूल्य वृद्धि गरेको हो । कम्पनीले बिक्री गर्ने पुरानो मोडलको ‘अल न्यू ई सिक्स’ बाहेक सबैमा मूल्य वृद्धि गरेको छ । कम्पनीले सबैभन्दा धेरै बिक्री हुने अटो-३ (ATTO-3) सुपेरियरमा २ लाख बढाएको छ । यो कुल मूल्यमै ३ प्रतिशतले मूल्य वृद्धि हो । कम्पनीले ६५ लाख ८० हजारमा बिक्री गर्दै आएको यो गाडीको मूल्य एकै पटक ६७ लाख ८० हजार पुर्याएको हो ।

यसैगरी, अटो-३ एडभान्स मोडलमा ९१ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । यो गाडी ५५ लाख ९९ हजारमा बिक्री हुँदै आएकोमा ५६ लाख ९० हजारमा बिक्री हुन थालेको हो । कम्पनीले सबैभन्दा धेरै मूल्य बिवाईडी सिल प्रिमियममा वृद्धि गरेको छ । यो गाडीमा एकै पटक १० लाख ११ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

बिवाईडी सिल १ करोड ३९ लाखमा बिक्री हुँदै आएकोमा अब १ करोड ४५ लाख ५० हजार पुगेको छ । बिवाईडी सिल पर्फरमेन्समा पनि कम्पनीले १० लाख रुपैयाँ मूल्य वृद्धि गरेको छ । कम्पनीले १ करोड ८५ लाखमा बिक्री गर्दै आएको यो गाडी अब १ करोड ९५ लाख पुगेको छ ।

बिवाईडी डायनामिकमा कम्पनीले ५ लाख रुपैयाँ कर बढाएको छ । कम्पनीले १ करोड ५ लाख रुपैयाँमा बिक्री गर्दै आएको गाडी १ करोड १० लाख रुपैयाँ पुर्याएको छ । बिवाईडी डल्फिनमा कम्पनीले १ लाख ३५ हजार मूल्य बढाएको छ । कम्पनीले ३९ लाख ८० हजारमा बिक्री गर्दै आएको डल्फिन ४१ लाख १५ हजारमा बिक्री गर्न सुरु गरेको हो ।

कम्पनी विरुद्ध कालोबजारी ऐन आकर्षित हुने

बिवाईडी बिक्री गर्ने साइमेक्स इंक विरुद्ध कालोबजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ आकर्षित हुने भएको छ । ऐनको दफा ३ मा नाफाखोरी सम्बन्धि व्यवस्था गरेको छ ।

जसमा ‘(१) दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारलेतोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एकवर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवैहुन सक्नेछ ।’ यो व्यवस्था अनुसार कुनैपनि कम्पनीले आफ्नो लागत मूल्यको २० प्रतिशत भन्दा बढि मूल्य लिन पाउँदैन ।

कम्पनीले जेठ १४ (आर्थिक ऐन २०८१ ले कर बढाउनु भन्दा अघि) नै भित्र्याएको गाडीमा मूल्य वृद्धि गरेको हो । भन्सार विभागको तथ्यांकमा १४ जेठ २०८१  पछि हालसम्म एउटा पनि गाडी भित्र्याएको छैन । तर मूल्य भने धमाधम वृद्धि गरेको हो ।

कम्पनीले गरेको मूल्य वृद्धिबाट ऐनले दिएको २० प्रतिशतसम्म नाफा गर्न पाइने व्यवस्था विपरित हुन सक्ने देखिएको छ । यो ऐनको कार्यान्वयन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्नेछ । कम्पनीमा कुनै कैफियत भेटिए ऐन कम्पनीका संचालक एक वर्ष जेल नै बस्नुपर्ने हुनसक्छ ।

कर विवादमा फसेपछि मूल्य वृद्धि

बिवाईडी आयात गर्ने साइमेक्स इंक ठूलो कर विवादमा फस्दै गएको छ । कम्पनीले न्युनबिजकिकरण र विद्युतिय गाडीको किलोवाट कम देखाएर भन्सार छलि गरेको राजस्व अनुसन्धान विभागले आरोप लगाएको छ ।

विभागले अहिले कम्पनीको सुक्ष्म अध्ययन गरिरहेको छ । विभागको अनुसन्धानबाट कुनै कैफियत भेटिए कम्पनीमाथी १ अर्ब ६४ करोड बिगो जरिवाना कायम हुनेछ । कम्पनीले एकैपटक ठूलो दायित्व तिर्नुपर्ने भएपछि धमाधम मूल्य वृद्धि गरेको हो । कम्पीले किलोवाट छलि गरेको भन्दै भन्सार विभागले पनि अनुसनधान सुरु गरिसकेको छ ।  उता कम्पनीले भने बढेको कर छलि गर्न भन्दै धमाधम गाडीको मूल्य घटाएर लेटर अफ क्रेडिट (एलसी) खोल्न सुरु गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्