काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.३ प्रतिशतले वृद्धि भएको हाे ।
विप्रेषण आप्रवाह (रेमिट्यान्स) १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले रहेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह रेमिटेन्स १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ रहेको छ ।
गत आवको सोहि अवधिमा यस्तो संख्या क्रमंशः ४ लाख ५९ हजार ४ सय १५ र पुनः श्रम स्वीकृत लिनेको संख्या २ लाख ६० हजार २ सय ६२ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेर थियो ।
प्रतिक्रिया दिनुहोस्